संक्षिप्त परिचय

नेपालको ७ वटा प्रदेश मध्ये मधेश प्रदेशको ८ जिल्ला मध्ये सप्तरी पनि एक हो । यो जिल्लाको सिमाना पुर्वमा सुनसरी जिल्ला, पश्चिममा सिरहा जिल्ला, उत्तरमा चुरे पहाडको पानी ढलो (उदयपुर जिल्ला) र दक्षिणमा नेपाल भारतको अन्तर्राष्ट्रिय सिमाना (भारतको बिहार राज्य) रहेको छ ।

वन सम्पदाको वैज्ञानिक व्यवस्थापन, वन क्षेत्रको रेखाङ्कन, नियन्त्रण र संरक्षण गर्दै वातावरणीय सन्तुलनलाई समेत कायम राख्दै वन सम्पदाको उचित प्रयोग गरी वन श्रोतलाई पुनः सिर्जना हुन दिने प्रक्रिया अपनाउने तथा वैज्ञानिक एवं आर्थिक दृष्टिकोणले बढी महत्वपूर्ण हुने वन्यजन्तु र वनस्पतिको लेखाजोखा गरी दिगो व्यवस्थापन गर्ने जिल्ला वन कार्यालयको स्थापना भई हाल संघीय संरचना बमोजिम डिभिजन वन कार्यालय, सप्तरीको नामाकरण भई स्थानीय जनतालाई आबश्यक पर्ने वन पैदावारमा आधारित काठ, दाउरा, जडीबुटी, ढुँगा, गिट्टी तथा बालुवा लगायतका बस्तु तथा सेवा प्रत्यक्ष एवं न्यायोचित रुपमा उपलब्ध गराउँदै आएको हो ।

डि.व.का.सप्तरीको कुल वन क्षेत्र २1136 हेक्टर वनक्षेत्र भएता पनि कोशीटप्पु वन्यजन्तु आरक्षले ७०१४.५० हेक्टर (३३%) ओगटेर वाँकी रहेको जम्मा 14121.50 (67%) हेक्टर वनक्षेत्र मात्र डिभिजन वन कार्यालयको क्षेत्राधिकार भित्र पर्दछ । यस जिल्लामा १३७ वटा सामुदायिक वन रहेको र सोको क्षेत्रफल 18751.82 हेक्टर रहेको छ । जसमा केही वन क्षेत्र उदयपुर जिल्लाको पनि समावेश भएको छ ।